ए डिभिजन लिग : आर्मीद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइजलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । जितपछि आर्मी ७ खेलबाट १७ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज समान सात खेलबाट चार अङ्कसहित तालिकाको ११औं स्थानमा छ । थप पढ्नुहोस्

जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

काठमाडौं । थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ ।सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल गरे । खेलको ५२ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै थ्रिस्टारलाई पहिलो अग्रता दिलाए । थप पढ्नुहोस्

बार्सिलोनाको जितमा मेस्सीले हान्यो दुई गोल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४ - ० गोल अन्तरले पराजित गरेको हो । स्पानियोलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै ओसुमाने डेम्बेले र लुइस स्वारेजले एक एक गोल गरे । घरेलु टोलीविरुद्ध सहज जित निकाल्ने क्रममा मेस्सीले १७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको अग्रता २ - ० को बनायो । थप पढ्नुहोस्

ए डिभिजन लिग : आज ३ वटा खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार ३ वटा खेल हुने भएका छन् । सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ । एन्फा मैदान सातदोबाटोमा आज बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् ।जारी सिजनमा एपीएफले अहिलेसम्म २ खेलमा जित र एक खेलमा बराबरी गर्दै ७ अंक जोडेको छ । यसैगरी सरस्वती क्लबले पनि अहिलेसम्म २ खेल मात्र जित्न सफल भएको छ । जारी सिजनमा दुवै टिमले राम्रो प्रदर्शन गर्न नसकिरहेका बेला आइतबार दुवै टिम स्पष्ट तीन अंकको खोजिमा हुने छन् । थप पढ्नुहोस्

ए डिभिजन लिग : आजदेखि सातौँ चरणका खेल सुरु

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सातौँ चरणका खेल सुरु हुँदैछ । एपीएफको मैदान हलचोकमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने छ । हिमालयन शेर्पा ६ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोर्दै १० अङ्कका साथ अङ्कतालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि त्यही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ । दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ । थप पढ्नुहोस्

‘ए’ डिभिजन लिगमा आज दुई टोली भिड्दै

काठमाडौं ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज २ टोली भिड्ने भएका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम ९एनआरटी० सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ । आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । थप पढ्नुहोस्

डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर

काठमाडौं । ब्राजीलियन लेजेन्ड पेलेले अर्जेन्टिनाका डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर रहेको बताएका छन् । फोल्हा द साओ पाउलो पत्रिकाको लागि दिइएको अन्तर्वार्तामा पेलेले सो कुरा बताएका हुन् । पेलेले भने, मेरे लागि म्याराडोना सधै उत्कृष्ठ खेलाडी मध्ये एक हुन् । मेसो नाम विश्वका टप -३ फुटबलरमा समावेश रहेको छ । बार्सीलोनाको तर्फबाट खेल्ने मेस्सी संसारका बेस्ट फुटबलरको लागि ५ पटक बेलन डिुओर अवर्ड जितिसकेका छन् । तर विश्वकपमा भने मेस्सीको प्रदर्शन त्यती राम्रो देखिएन । पेले र म्याराडोना लामो समय फुटबलमा साथ देखिएनन् । थप पढ्नुहोस्

‘वल्डकप ट्रफी’नेपालमा

काठमाडौं । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी आज नेपाल ल्याइएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी लिएर अन्तर्राष्ट्रिय रग्बी फुटबल बोर्डका पाँचजना प्रतिनिधि आज अपराह्न नेपाल आइपुगेको नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए । विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको उनले बताए। ट्रफी भोली बिहान सगरमाथाको आधारशिविर लगेर पहिलो प्रदर्शन गरिनेछ । त्यसैगरी मङ्सिर २१ गते विश्व सम्पदा सूचीमा रहेका स्थानहरू स्वयम्भूनाथ, बौद्धनाथ, पशुपति र पाटन दरबार स्क्वायरमा प्रदर्शनी गरिनेछ । थप पढ्नुहोस्

ए डिभिजन लिग फुटबल : आज पनि तीन खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बुधबार पनि तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेल विहान ११ बजे सुरु हुनेछ । लिगको शीर्ष स्थानमा रहेको मनाङ अपराजित टिम हो । यता, जावलाखेलले भने एक खेलमा मात्रै जित हात पारेको छ । लिग लिडर मनाङको पाँच खेलबाट १५ अंक रहेको छ । जावलाखेलको ५ खेलबाट ४ अंक मात्रै रहेको छ । जावलाखेल क्लबलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा मनाङ रहेको छ । थप पढ्नुहोस्

विमल ट्रायलका लागि बुधबार बेल्जियम जादैँ

काठमाडौँ । यसै वर्षदेखि ए डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन् । च्यासल युथ क्लबका स्ट्राइकर विमल ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । विमल ट्रायलका लागि बुधबार बेल्जियम जानेछन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसँगको सम्झौता सहमतिमा रद्द गरेका छन् । विमलले लिगका खेल गुमाउने पुष्टि गर्दै च्यासल युथ क्लब, अफिसियल र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । फेसबुकमार्फत उनले ए डिभिजन लिगमा डेब्यू गर्दा खुसी लागेको बताएका छन् । थप पढ्नुहोस्
1 2 3 51