मोदीकै कारण भारतमा आर्थिक संकट : मुख्यमन्त्री बेनर्जी

भारत । बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै कारण राजनीतिक र आर्थिक संकट निम्तिएको आरोप लगाएकी छिन् । दिल्लीमा बेनर्जीले भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले दिएको राजीनामा पनि त्यसैको परिणाम रहेको बताएकी छन् । बेनर्जीले विगतमा यस्तो कहिल्यै नभएको जिकिर गर्दै मोदी तानाशाहजस्तै भएकाले नै यस्तो अवस्था आएको बताइन् । देशको अवस्थाका विषयमा राष्ट्रपतिलाई पनि जानकारी गराउने उनले बताइन् । थप पढ्नुहोस्

सत्तारुढ भाजपालाई झट्का, ३ स्थानमा कांग्रेसको अग्रता

भारत । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको परिणाम आउन थालेको छ । मध्य प्रदेश, छत्तीसगढ, राजस्थान, मिजोरम र तेलंगनामा सम्पन्न चुनावको गणना चलिरहँदा विपक्षी कांग्रेस तीन राज्यमा अगाडि देखिएको हो । मतगणनाको परिणामअनुसार १० सिटमा राहुल गान्धी नेतृत्वको भारतीय रष्ट्रिय कांग्रेसले जीत हासिल गरेको छ। ९२ सिटमा कांग्रेसले अग्रता लिइरहेको छ । भारतीय जनता पार्टीले ७ सिटमा जीत हासिल गरेको छ। तर, कांग्रेसभन्दा निकैपछि रहेको भाजपाले ६५ सिटमा अग्रता लिइरहेको छ। २ सय सिट रहेको राजस्थान विधानसभामा सन् २०१३ मा भाजपाको एक सय ६३ र कांग्रेसको २१ सिट मात्रै थियो । थप पढ्नुहोस्

भारतमा मतगणना, भाजपा र कांग्रेसबीच कडा टक्कर

भारत । भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कांग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै निर्वाचन भएका राज्यहरुमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ, मिजोरम र तेलङ्गाना रहेका छन् । मध्यप्रदेश र राजस्थानमा यसअघि भारतीय जनता पार्टीको सरकार थियो । उक्त दुवै राज्यमा कांग्रेसले कडा टक्कर दिइरहेको छ । मध्यप्रदेशमा २३० सदस्यीय विधानसभामा कांग्रेस ११० र भाजपाले १०८ स्थानमा अगाडि छन् । मतगणना जारी छ । थप पढ्नुहोस्

विधानसभाको नतिजा आज सार्वजनिक हुँदै, कसले जित्छ भन्ने चासो व्यापक !

काठमाडौं । भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा मंगलबार सार्वजनिक हुँदैछ । मध्य प्रदेश, राजस्थान, छत्तिसगढ, तेलंगना र मिजोरम राज्यको चुनावको नतिजा सार्वजनिक हुन लागेको हो । यी पाँच राज्यहरुलाई ‘सानो भारत’ पनि भनिन्छ । त्यसैले विधान सभा चुनावको नतिजा कसको पक्षमा जान्छ भन्ने चासो व्यापक छ । पूर्व मत सर्वेक्षणका अनुसार मध्यप्रदेश र छत्तिसगढमा सत्तारुढ भाजपा र कांग्रेस आईबीच कडा टक्कर हुने बताइन्छ । राजस्थानमा कांग्रेस अगाडि देखिन्छ । थप पढ्नुहोस्

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

नयाँदिल्ली । भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताए । सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उनले राजीनामा दिएको स्रोतले बताएका छन् । केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हँुदै आएका थिए । थप पढ्नुहोस्

मन्दीर निर्माणको माग दिल्लीमा दशौँ हजार हिन्दूको प्रदर्शन

नयाँ दिल्ली । हिन्दूहरूका आस्थाका धरोहर भगवान् रामको जन्मस्थल अयोध्या सहरमा विशाल मन्दीर निर्माणको माग गर्दै हिन्दूहरूले आइतबार राजधानी नयाँ दिल्लीमा दशौँ हजारको सङ्ख्यामा प्रदर्शन गरेका छन् । कडा सुरक्षाबीच भएको प्रदर्शनमा देशका विभिन्न स्थानबाट दिल्ली पुगेका नागरिकहरूको सहभागिता रहेको थियो । केसरी रङको पहिरनमा प्रदर्शनमा सहभागी रामभक्त हिन्दूहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दीर निर्माणका लागि अनुमति नदिँदासम्म उहाँलाई आवतजावतमा समेत अवरोध गर्ने भनाइ प्रदर्शनका सहभागीहरूले बताए । थप पढ्नुहोस्

चीनद्वारा हुवावेका मेङ वाङझाओ पक्राउबारे सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् । मेङलाई गत हप्ता एउटा विमानबाट अर्कोमा जाने क्रममा क्यानडाको भ्यानकुभर अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उहाँ हङकङबाट मेक्सिको जाने क्रममा गैरकानूनी क्रियाकलापमा सम्लग्न रहेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई बढीमा तीसबर्षसम्मको जेल सजाय माग गरिएको छ । थप पढ्नुहोस्

तेल कम उत्पादन गर्ने सहमति र यसको प्रभाव

भियना, अष्ट्रिया । रूससहित तेल निर्यात गर्ने मुलुकहरूको संगठन 'ओपेक' का सदस्य राष्ट्रहरूबीच हाल उत्पादन गर्दै आएको तेलको परिमाणमा प्रतिदिन १२ लाख ब्यारेलका दरले घटाउने शुक्रबार सहमति भएको छ । जसबाट उनीहरूलाई तेलको मूल्यमा आएको गिरावटबाट केही राहत मिल्नेछ । तर सहमतिका कारण तेलको मूल्यमा हुने वृद्धिले उपभोक्ताहरूमाथि थप आर्थिक भार पर्ने सम्भावना देखिएको छ । ओपेक सदस्य राष्ट्रका इन्धन मन्त्रीहरूको ओपेक मुख्यालय भियनामा बिहीबार र शुक्रबार बसेको बैठकमा उनीहरूले उत्पादन गर्दै आएको कच्चा तेलको परिमाणलाई आगामी जनवरी १ देखि कटौति गर्न सहमत बनेका हुन् । थप पढ्नुहोस्

रात्रि क्लबमा भागदौड हुँदा छ को मृत्यु, दजनौँ घाइते

रोम, इटाली । इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो । थप पढ्नुहोस्

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : इरान

तेहरान । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताए । शनिबार इरानको भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँग कुरा गर्दै इश्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इश्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नति क्षेत्रीय एकताबाट मात्र सम्भब भएको राष्ट्रपति रौहानीले बताए । “अमेरिकाको पक्षपाती तथा गैर–कानूनी प्रतिबन्ध आफ्नो सम्मानित राष्ट्रको प्रगतिलाई लक्षित गरी आएको आर्थिक नाकावन्दी भएको हो,” उनले बताए । थप पढ्नुहोस्
1 2 3 91