फीफा विश्वकप : कोलम्बियाले घोषणा गर्यो २३ सदस्यीय टीम


Share This

नेपालबहस संवाददाता    

एजेन्सी। फीफा विश्वकप २०१८ आउन अब मात्र ८ दिन बाँकी छ। सबै टीम तयारीमा जुटेका छन्। यसैबीच कोलम्बियाले फीफा विश्वकपको तयारीकालागि २३ सदस्यीय टीमको घोषणा गरेको छ। फाइनल टीमका मुख्य कोच जोस पेकेरमानले क्रिष्टियन जपाटा र अबेल एग्वीलार टीममा सहभागी गराएका छन्। चोटका चिन्ताकाबीच जपाटा र अबेल टीममा पर्न सफल भएका छन्।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार एसी मिलानका सेन्टर ब्याक जपाटाले मांसपेशीमा समस्या देखिएपछि अप्रीलपछि कुनै पनि खेल खेलेका छैनन्। उता मिडफिल्डर अबेलको पनि खुट्टामा समस्या देखिएको थियो।

कोलम्बिया फुटबल महासंघले जारी गरेको एक विज्ञप्तिमा दुवै खेलाडीले आफ्नो समस्याबाट छुटकारा पाएको उल्लेख छ। उक्त विज्ञप्तिका अनुसार कोलम्बिया टीमको नेतृत्व मोनाको क्लबका स्ट्राइकर राडामेल फाल्काओ र बायर्न म्युनिखका मिडफिल्डर जेम्स रोड्रिजेले गर्नेछन्।
विश्वकपमा पहिलो पटक भाग लिन गइरहेका ३२ वर्षीय फाल्काओले विश्वकपको अघिल्लो संस्करणमा घुँडामा समस्या देखिएको थियो।

पेकेरमानको २३ सदस्यीय फाइनल टीममा बोका जुनियर्सका प्लेकेमर एडविन कारडोना शामेल छैनन्। रुसमा १४ जुनदेखि सुरु हुने विश्वकपमा आफ्नो अभियान कोलम्बिया १९ जुनमा जापान विरुद्ध खेल्दैछ। ग्रुप एचमा कोलम्बिया र जापान बाहेक पोल्याण्ड र सेनेगलको टीम पनि प्रतिश्पर्धा गर्दैछ।
कोलम्बियाको टीम
गोलकीपर :  जोस क्वाड्राओ, डेविड ओस्पीना, कामिलो वार्गास
डिफेन्डर : स्यान्टियो एसियास, फ्रयांक फाबरा, यैरी मीना, जोहन मोजीका, अस्कर मुरीलो, डेविडसन सांचेत, क्रिस्टियन जपाटा
मिडफिल्डर : अबेल अग्वीलार, विल्मार बारियोस, जुआन, कुआड्राओ, जेफरसन लेर्मा, जुआन क्वितेरो, जेम्स रोड्रिगेल, कालोस सांचेल, मेटुएस उरिबे
फारवड : मिगुएल बोर्जा, रडामेल फाल्को, जोल इजक्विएडरे, लुइस मुरिएल।

तपाईको प्रतिक्रिया
Road Show Real State