विश्वकप : फूटबलमा शक्ति र स्टामिना अत्यधिक आवश्यक


Share This


नेपालबहस संवाददाता    75 Views

काठमाडौं । फिफा विश्वकप बिहीवार शुरू हुँदैछ । फूटबलमा शक्ति र स्टामिना अत्यधिक आवश्यक हने बताइएको छ । एक म्याचमा खेलाडी औसतमा ११.२ किलोमिटर दौडिन्छन् । यो भनेको एक फूटबल मैदानको १२० चक्कर लगाएबराबर हो ।

यसरी कुदेर खेलाडीले लगभग १५ सय क्यालोरी डढाउँछन् । म्याचका बेलामा खेलाडीको शरीरमा कार्बोहाइड्रेट र प्रोटीनको खपत बढ्छ । यसले गर्दा ऊर्जाको कमी हुन्छ । म्याचमा सकिएको ऊर्जा शरीरमा फर्किनका लागि १२ देखि १४ घन्टा लाग्छ ।

मिडफील्डमा हुने खेलाडी सबभन्दा बढी व्यस्त हुन्छन् । मैदानको दुवै छेउको यात्रा गर्ने मिडफील्डर कहिलेकाहीँ १५ किलोमिटरको यात्रा गर्छन् । गोलकीपर सबभन्दा कम दौडिन्छन् ।

फूटबलको तुलनामा क्रिकेट खेलाडीले जम्मा १२ किलोमिटर कुद्नुपर्छ । फूटबल खेलाडीले ९० मिनेटमा कुदेको दूरी क्रिकेटरले नौ घन्टा कुद्दा मात्र पूरा गर्छ ।

सबभन्दा बढी दूरी पार गर्ने पाँच खेल

खेल दूरी म्याच अवधि
फूटबल ११.२ किमि ९० मिनेट
हकी ९ किमि ६० मिनेट
क्रिकेट १२ किमि ९ घन्टा
टेनिस ४.८ किमि औसतमा २ घन्टा ४० मिनेट
बास्केटबल ४.३ किमि ४८ मिनेट

यूईएफएका अनुसार, सन् २०१८ को मे महिनामा सकिएको च्याम्पियन्स लीगमा इजिप्टका मोहम्मद सालाह सबभन्दा छिटो कुद्ने खेलाडी थिए । उनी लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार जुनियरलाई पनि पछि पार्दै टप स्पीड ३३ किलोमिटर प्रतिघन्टाको दरले कुदेका थिए । मेस्सी २८ किलोमिटर प्रतिघन्टाको दरमा मात्र कुद्न सके । एजेन्सी

तपाईको प्रतिक्रिया