बुदोकाई कराँतेका उत्कृष्ट खेलाडिलाई मुख्यमन्त्री राउतको बदाई


Share This

नेपालबहस संवाददाता    

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले तेस्रो अल नेपाल क्योकुशिन बुदोकाई कराँते च्याम्पियनसिप प्रतियोगितामा उत्कृष्ट गरेका खेलाडीहरुलाई बधाई एवम् स्वागत गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले च्याम्पियन खेलाडीहरुलाई पुष्पमाला लगाएर बधाई ज्ञापन गरेका छन् ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा प्रदेश–२ टिम च्याम्पियन भएको छ । उनले खेलाडीहरुले उत्कृष्ट गरेर प्रदेशको प्रतिष्ठा बढाएकोमा धन्यवाद ज्ञापन गर्दै खेल विकासको लागि कोष स्थापना गर्न लागेको बताए ।

सो अवसरमा सामाजिक विकास मन्त्री नवल किशोर साहले च्याम्पियन टोलीलाई एक लाख एक हजार नगद सहयोगको घोषणा गरे । खेल विकासमा प्रदेश सरकार गंभिर रहेको सामाजिक विकासमन्त्री साहले बताए । प्रदेश–२ ले ७ स्वर्ण पदक सहित कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको छ् ।

प्रदेश २ की रुपा माझी प्रतियोगिताको बेष्ट फाइटर भइन् । खेलाडी उत्पादनमा लागेका प्रशिक्षक र अफिसियलहरुलाई पनि मुख्यमन्त्री राउतले धन्यवाद व्यक्त गरेका छन् । सो अवसरमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State