विश्वकप साझ ६ बजेदेखि सुरु, उद्घाटनमा आयोजक रुस र साउदी अरेबिया भिड्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विश्वकप फुटबल महाकुम्भ आजबाट सुरु हुदै छ । आजबाट खेल सुरु भएसंगै आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा राती देखि हुने भएको छ ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा सहभागि भएका छन् । । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिउका छन् ।

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण बन्ने भएका छन् ।

विश्वकपमा उदघाटन समारोह धेरै सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित रहने भएको छ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ।

उद्घाटन खेलमा रुसकी प्रख्यात गायिका गारिफुलिनाको प्रदर्शन हुनेछ । उदघाटन समारोहमा ५ सय डान्सर, जिम्न्यास्ट र कलाकारहरुका प्रस्तुती समावेश हुने बताइएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन्।

लुझनिकी, काजान एरिना, फिसत, निझनी नोभगोरोड, सामरा, रोस्तोभ अन डन, सेन्ट पिट्सबर्ग, स्पार्टक, इकाटेरिनबर्ग एरिना, मोर्डोभिया एरिना, कालिनगार्ड र भोल्गोग्राड गरी विभिन्न ११ सहरका १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन्।

प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाखभन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

‘रुसका अधिकांस ठाउँमा अंग्रेजी भाषाको समस्या छ । त्यसैले विश्वकप आयोजना हुने सबै ११ सहरमा पर्यटक पुलिसको व्यवस्था गरिएको छ । पर्यटक पुलिससँगै सबैतिर अंग्रेजीमा राम्रो दख्खल भएका सहजकर्ताहरु पनि परिचालन गरिएको,’ संस्कृति तथा पर्यटन सहायकमन्त्री एला मानिलोभाले भनिन,

विश्व फुटबल महासंघ ९फिफा० का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका लागि रुसका सबै १२ रंगशालासाथै पूरा देश पूर्ण रुपमा तयार भइसकेको बताउँदै यसले विश्वलाई नयाँ सन्देश दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State