विश्वकपको प्रत्यक्ष प्रसारण नेपालका ४ वटा टेलिभिजन च्यानलबाट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आजदेखि सुरु हुने विश्वकप फुटबल खेलको प्रत्यक्ष प्रसारण नेपालका ४ वटा टेलिभिजन च्यानलबाट हेर्न सकिने भएको छ । फिफा विश्वकप–२०१८ को एक मात्र आधिकारिक नेपाली साझेदार मिडिया हब प्रालिले ४ वटा च्याटललाई प्रत्यक्ष प्रसारणको सुविधा दिएको हो ।

नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिसहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा फिफा विश्वकप खेल प्रत्यक्ष प्रसारण हेर्न सकिने मिडिया हब प्रालिका कार्यकारी निर्देशक सोम धितालले बताए । मिडिया हबले ‘राम्रो नै हेरौं, हाम्रोमै हेरौं’ नाराका साथ प्रत्यक्ष प्रसारण सुविधा प्रदान गरेको छ ।

अर्घाखाँची सिमेन्ट प्रस्तुतकर्ता रहेको प्रत्यक्ष प्रसारणमा बजाज पल्सर एनएस २००, कोकाकोला र राइनो ५०० डीको साथ रहेको कार्यकारी निर्देशक धितालले बताए । उनका अनुसार प्रत्यक्ष प्रसारणमा क्लीयर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकको साझेदारी र हिमस्टार एलइडी बल्ब, एनआइसी एसिया बैंक, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्को समर्थन रहेको छ ।

कार्यकारी निर्देशक सोम धितालले भने, ‘लामो समयदेखि फिफा विश्वकपको नेपालमा आधिकारिक इजाजत प्राप्त संस्था बन्न सकेकोमा हामी धेरै खुशी छौं । फिफा विश्वकप हेर्न विदेशी च्यानलमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ ।’

तपाईको प्रतिक्रिया
Road Show Real State