इंग्ल्याण्ड र ट्युनिसियाबीचको खेल शुरु, केनको साथी रहिम स्टर्लिंग !


Share This

नेपालबहस संवाददाता    

एरिना, ४ असार । रुस विश्वकप फुटबलमा इंग्ल्याण्ड र ट्युनिसियाबीचको खेल शुरु भएको छ । रुसको भोल्गोग्राड एरिना रंगशालामा शुरु खेल केहीबेरअघि शुरु भएको हो ।

तुलनात्मक रुपमा इंग्ल्याण्डभन्दा ट्युनिसिया कमजोर देखिएको छ । इंग्ल्याण्डको आक्रमणको जिम्मा कप्तान ह्यारी केन र रहिम स्टर्लिंगले पाएका छ्न ।

टोटेनह्यामका फरवार्ड केनलाई प्रिमियर लिग च्याम्पियन म्यान्चेष्टर सिटीका स्टर्लिंगले राम्रो साथ दिने अपेच्छा छ । स्टर्लिंग परेका बेला टिमका लागि गोल गर्न खप्पिस छन् ।

डेल अलिले भने मिडफिल्ड सम्हालेका छन् । समुह जी अन्तर्गत पनामासँगको खेलमा बेल्जियमले जितेर विजयी शुरुवात गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State