आयोजक रुस अन्तिम १६ मा, सलाहको इजिप्ट विश्वकपबाट बाहिरियो !


Share This


नेपालबहस संवाददाता    114 Views

काठमाडौं, ६ असार । विश्वकप २०१८ मा आयोजक रुस सबैभन्दा पहिले अन्तिम १६ मा पुग्ने टोली बनेको छ । मंगलबार राती इजिप्टलाई ३ एकले हराउदैँ आयोजक रुस अघिल्लो चरणमा प्रवेश गरेको हो ।

चोटले दोश्रो खेलमा मात्रै मैदान उत्रिएका मोहम्मद सलाहको टिम इजिप्ट विश्वकपबाट बाहिरिएको छ । उसका लागि गणितीय सम्भावना बाँकी रहेपनि त्यो सम्भवना निकै कम छ ।

इजिप्टको हारमा आत्मघाती गोल कारक बन्यो । दोश्रो हाफको ४७ औं मिनेटमा कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराउदा इजिप्ट हारेको हो ।

रुसको जितमा भने डेनिस चेरसिभ र डेइवाले गोल गरे । इजिप्टका फरवार्ड सलाहले पेनाल्टीमा एक गोल फर्काए ।

विश्वकपको उद्घाटन खेलमै साउदी अरेबियालाई ५ शुन्य गोलले हराएको रुस बलियो टोलीका रुपमा अघिल्लो चरण प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया