अन्ततः विश्वकपबाट बाहिरियो कोरिया, मेक्सिको अघिल्लो चरणमा प्रवेश


Share This


नेपालबहस संवाददाता    129 Views

काठमाडौँ, ९ असार । एसियाली देश कोरिया रुस विश्वकपबाट बाहिरिएको छ । शनिबार राती मेक्सिकोसँग २ – १ ले हारेपछि दक्षिण कोरिया विश्वकपबाट बाहिरिएको हो ।

यसअघि स्वीडेनसँग हारेको कोरियाले तुलनात्मक रुपमा राम्रो खेलेपनि गोल गर्न भने सकेन । जसकारण ऊ दुई खेल हारेपछि विश्वकपबाट बाहिरिने निश्चित बनेको हो ।

मेक्सिकोका लागि कार्लोस भेना र जाभियर हर्नान्डेजले गोल गरे । कोरियाका लागि टोटेनह्यामका संग हिंग मिनले अतिरिक्त समयमा सान्तवना गोल फर्काए ।

कोरियाका लागि उनको एउटै गोलसगै टिम रुसबाट घर फर्किन लागेको हो । तर अन्तिम खेलमा जर्मनीसँग खेल्न बाँकी छ । यसअघि जर्मनीलाई हराएको मेक्सिको कोरियासँगको जितपछि ६ अंकसहित अघिल्लो चरण प्रवेश गरेको हो ।

तपाईको प्रतिक्रिया