रुस विश्वकपको ‘गोल्डेन बुट’ दौडमा रोनाल्डोसँग लुकाकुको बराबरी !


Share This


नेपालबहस संवाददाता    171 Views

काठमाडौँ, ९ असार । रुस विश्वकपमको गोल्डेन बुट दौडमा बेल्जियमका रोमेलु लुकाकुले पोर्चुगलका क्रिष्टियानो रोनाल्डोसँग बराबरी गरेका छन् । दुई खेलमा रोनाल्डोले एक ह्याटिकसहित चार गोल गरेका छन् । लुकाकुले पनि दुई खेलमा चार गोल गर्दै रोनाल्डोलाई भेटाएका हुन् ।

रोनाल्डोले स्पेनविरुद्ध ह्याटिक गरेका थिए भने मोरक्कोलाई एक गोल हानेका थिए । लुकाकुले भने पनामा र ट्युनिसियाविरुद्ध दुई दुई गोल गर्दै आफ्नो गोलसँख्या ४ पुर्याएका हुन् ।

रोनाल्डो लगातार चार विश्वकपमा गोल गर्ने पछिल्ला एक्ला खेलाडी हुन । लुकाकुले भने पहिलो पल्ट बेल्जियमका लागि गोल गरेका हुन् । रोनाल्डो र लुकाकुपछि स्पेनका डियगो कोष्टाले तीन गोल गरेका छन ।

अब समुह चरणको अन्तिम खेलमा रोनाल्डोले दुई गोल गर्न सकेमा गत विश्वकपमा भन्दा यो विश्वकपमा एउटै खेलाडीले धेरै गोल गर्नेछन ।

गत विश्वकपमा ६ गोल गरेर गोल्डेन बुट जितेका कोलम्बियाका जेम्स रोड्रिग्वेजले यो विश्वकपमा खासै कमाल गर्न सकेका छैनन । एक खेल खेलेका उनी अहिलेसम्म गोल विहिन छन् ।

रियल मडिडका फरवार्ड रोनाल्डोले क्लबबाट थुप्रैपटक गोल्डेन बुट जितेका छन् । तर विश्वकपमा उनको यो गोल्डेन बुटका लागि पहिलो दौड हो ।

उनलाई म्यान्चेष्टर युनाइटेडका लुकाकुले पछ्याएपछि रोनाल्डो थप चनाखो भएका छन् । यसअघि म्यान्युबाट पनि रोनाल्डोले गोल्डेन बुट जितेका छन् । तर लुकाकुले म्यान्युका लागि रोनाल्डोको जस्तो कमाल गर्न सकेका छैनन ।

रियलमा रहँदा रोनाल्डोले ५ वटा च्याम्पियन्स लिग जितिसकेका छन भने म्यान्युबाट पहिलो च्याम्पियन्स लिग जितेका थिए । रोनाल्डोले म्यान्युलाई तीनपटक प्रिमियर लिग उपाधि जिताएका थिए ।

तर लुकाकु गत बर्ष एभर्टनबाट म्यान्यु गएपनि जोशे माउरिन्होटको टिमले दोश्रो बर्ष पनि प्रिमियर लिग उपाधि जित्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया