पहिलो हाफमा स्वीडेनको अग्रता, जर्मनी विश्वकपबाटै बाहिरिने खतरामा !


Share This


नेपालबहस संवाददाता    90 Views

काठमाण्डौँ, १० असार । रुस विश्वकप फुटबलमा जर्मनीविरुद्ध स्वीडेनले अग्रता लिएको छ । खेलको पहिलो हाफ सकिदा स्वीडेनले एक गोलको अग्रता लिएको हो ।

उसका लागि पहिलो हाफको ३२ औँ मिनेटमा ओला टोइभोनेनले गोल गरेका हुन् । उनको गोलपछि गत विश्वकपको विजेता जर्मनी निकै दबाबमा परेको छ ।

यसअघि मेक्सिकोसँग पनि एक शुन्यले हारेको जर्मनी आज स्वीडेनसँग पराजित भएमा रुस विश्वकपको समूह चरणबाटै बाहिरिनेछ ।

७५ प्रतिशत बल पोजिसनमा राखेपनि जर्मनीले खेल आफ्नो पक्षमा पार्न सकेको छैन । गोलका लागि ७ वटा प्रहार गरेपनि दुई वटा प्रहार पोष्टमा लागेका थिए ।

तर स्वीडेनले ३ वटा प्रहार गरेकामा एउटा गोल गर्न सफल भइसकेको छ । पहिलो खेलमा दक्षिण कोरियालाई जितेको स्वीडेन आजको खेलमा जिते विश्वकपको अघिल्लो चरणमा पुग्नेछ । मेक्सिको भने दक्षिण कोरियलाई हराउँदै रुस विश्वकपको अघिल्लो चरण प्रवेश गरिसकेको छ ।

तपाईको प्रतिक्रिया