अन्तिम मिनेटमा चुक्यो स्वीडेन, क्रुजको गोलले ठूलो हारबाट जोगियो जर्मनी !


Share This


नेपालबहस संवाददाता    117 Views

काठमाडौँ, १० असार । रियल मडिडका प्लेमेकर टोनी क्रुजले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी ठूलो हारबाट जोगिएको छ । शनिबार राती स्वीडेनले १० खेलाडीमा सिमित जर्मनीलाई लगभग बराबरीमा रोकेको अवस्थामा क्रुजले अन्तिम मिनेटमा उत्कृष्ट गोल गर्दै रुस विश्वकपको सम्भावना कायमै राखेका हुन् ।

स्वीडेनसँग बराबरीमा रोकिएको खण्डमा पनि कठिन अवस्थामा रहेको जर्मनीलाई क्रुजले उत्कृष्ट ढंंगले टोलीको उद्धार गरेका हुन । त्यसअघि ३२ औँ मिनेटमा स्वीडेनका ओला टोइभोननले गोल गदैै स्वीडेनलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । जर्मनका लागि दोश्रो हाफको ४८ औँ मिनेटमा मार्को रियुसले बराबरी गोल फर्काए ।

त्यसपछि दबाबमा परेको स्वीडेनलाई भने निर्धारित ९० औँ मिनेटमा बराबरीमा रोक्न सफल भयो । त्यसअघि ८२ औँ मिनेटमा जेरोएमा बोइटिंगले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको जर्मनी संकटमा परेको थियो ।

तर त्यसको पर्याप्त फाइदा लिन नसकेको स्वीडेन भने अतरिक्त समयमा भने चुक्यो । र टोनी क्रुजले उत्कृष्ट गोल गरेर जर्मनीलाई महत्वपूर्ण ३ अंक जुटाउन सफल भए ।

हारपछि स्वीडेन अब ३ अंक मात्रै जोड्न सफल भएको छ । र उसले कठिन प्रतिद्धन्द्धीका रुपमा मेक्सिकोसँग खेल्नुपर्नेछ । उभन्दा सजिलो प्रतिद्धन्द्धी पाएको जर्मनीले भने दक्षिण कोरियालाई हराउँदै ६ अंकका साथ अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

यो समूहबाट मेक्सिको भने अघिल्लो चरण पुगिसकेको छ ।

तपाईको प्रतिक्रिया