डेनमार्कलाई पेनाल्टीमा घर पठाउदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा !


Share This


नेपालबहस संवाददाता    97 Views

काठमाडौँ, १८ असार । गतिशिल भनिएको डेनमार्कलाई पेनाल्टीमा घर पठाउँदै क्रोएसिया विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारित र अतिरिक्त समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा क्रोएसियाले ३ – २ ले बाजी मार्यो ।

यसअघि खेल शुरु भएको ४ मिनेटमै दुबै टोलीले एक एक गोलको बराबरी खेलिसकेका थिए । तर दुबै टोलीबाट अरु गोल हुन सकेनन ।

यसअघि अर्जेन्टिनालाई हराएको क्रोएसिया डेनमार्कसँग भने केही रक्षात्मक देखियो । आइतबार भएका दुबै खेल पेनाल्टीमा गएका थिए । जसमा स्पेनलाई हराउँदै रुस र डेनमार्कलाई हराउदै क्रोएसिया विजयी भए ।

अब सेमिफाइनलका लागि क्रोएसिया र आयोजक रुस खेल्ने भएका छन् ।

तपाईको प्रतिक्रिया