हारसँगै इनिस्टाद्धारा सन्यासको घोषणा, स्पेनिस टोली थप संकटमा


Share This


नेपालबहस संवाददाता    86 Views

काठमाडौं, १८ असार । दुईपटक युरोकप र एकपटक विश्वकप जितेका स्पेनिस प्लेमेकर आन्द्रे इनिस्टाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । उनको सन्यासपछि स्पेनिस टिम थप संकटमा परेको छ ।

यसअघि जाबी, कासिलास, राहुल जस्ता अब्बल खेलाडीसँगै इनिस्टाले पनि सन्यास लिएपछि स्पेनिस टोलीमा अब संकट थपिएको हो ।

आइतबार राती आयोजक रुससँग निरिह देखिएको स्पेन पेनाल्टीमा चुकेको थियो । शुरुमै बेन्चमै बसेको इनिस्टा दोश्रो हाफको अन्तिम २५ मिनेट मैदान छिरेपनि टोलीलाई जित दिलाउन सकेनन ।

बार्सिलोनाबाट यसअघि नै बिदाई भइसकेका इनिस्टाले रुससँगको हारसँगै सन्यासको घोषणा गरेका हुन् । २०१० मा स्पेनले विश्वकप जित्दा इनिस्टाले निर्णायक गोल गरेका थिए ।

त्यस्तै स्पेनले उनकै उत्कृष्ट प्रदर्शनको मद्धतमा सन् २००८ र सन् २०१२ को विश्वकप जितेको थियो । सन् २००६ मा स्पेनको टोलीमा परेका ३४ बर्षका इनिस्टा बढ्दो उमेर र खस्किदो प्रदर्शनका कारण क्लब र देशको टोलीबाट बिदाई भएका हुन् ।

रुस विश्वकपमा सन्यास लिने उनी तेश्रो खेलाडी हुन् । यसअघि इरानका मेस्सी र अर्जेन्टिनाका जाभिएर मास्चेरानोले विश्वकपबाट बाहिरिएसगँै सन्यास लिएका थिए ।

तपाईको प्रतिक्रिया