आर्मी ललित मेमोरियल फुटबल प्रतियोगिताको सेमिफाइनलमा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । दुई पटकको च्याम्पियन विभागीय त्रिभुवन आर्मी क्लब राजधानीमा जारी तेस्रो ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा आर्मीले हिमालय शेर्पा क्लबमाथि ३–० को सहज जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । आर्मीलाई सेमिफाइनलमा पुर्‍याउन सेसेहाङ आङदेम्बे, विवेक चौधरी र सुसन लामाले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा आर्मीले खेलको ४२ औं मिनेटमा सेसेहाङको गोलबाट अग्रता बनाएको थियो । फ्रिकिकमा प्राप्त बललाई शेर्पाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सेसेहाङले हेडमार्फत गोल गर्न सफल भएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले खेलको मिनेटमा ७३ औं मिनेटमा विवेक चौधरीको गोलबाट आर्मीले अग्रता दोब्बर पा¥यो । गोलरक्षक अघि बढेको अवस्थामा विवेकले गोल गरेका थिए । इन्जुरी समयमा सुसनदे गोल गर्दै आर्मीको जित पक्का गरे ।

अब आर्मीले फाइनल प्रवेशको लागि मोफसलको मोरङ फुटबल क्लबको सामना गर्नेछ । खेल बुधबार हुनेछ ।

तपाईको प्रतिक्रिया