सलाह लिभरपुलमै २०२३ सम्म रहने पाँचवर्षको नवीकरण सम्झौता


Share This


नेपालबहस संवाददाता    

लन्डन । इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलमा पाँचवर्षको सम्झौता नवीकरण गरेका छन् । नयाँ सम्झौता अनुसार सलाह २०२३ सम्म लिभरपुलमै रहनेछन् ।

अघिल्लो सिजन उच्च प्रदर्शन गरेका सलाहलाई विभिन्न ठुला क्लबहरुले नजर लगाइरहँदा सलाहले लिभरपुलमै लामो समयको सम्झौता नवीकरण गरेका हुन् । उनको रिलिज क्लज पनि तोकिएको छैन ।

सलाहले लिभरपुलमा आएको पहिलो सिजनमै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । इंग्लिस क्लब चेल्सीका पूर्व फरवार्ड सलाह इटालियन क्लब रोमाबाट अघिललो सिजन लिभरपुलमा आएका थिए । अघिल्लो सिजन सलाहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गर्न सफल भएका थिए । इजिप्टका सलाह प्रिमियर लिगका ३८ खेलमा ३२ गोल गर्दै गोल्डेन बुट जिन्त सफल भएका थिए ।

उनकै उच्च प्रदर्शनमा लिभरपुल आठवर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको थियो । तर, २६ वर्षीय फरवार्ड फाइनल खेलमा घाइते भएपछि पुरा समय मैदानमा बिताउन पाएका थिएनन् । सो रियल म्याड्रिडविरुद्धको फाइनल खेल लिभरपुलले ३–१ ले गुमाएको थियो । विश्वकपमा पनि सलाह इजिप्टका लागि २ खेलमा २ गोल गर्न सफल भए । एजेन्सी

तपाईको प्रतिक्रिया