विश्वकप फुटबल : सर्वेक्षण अनुसार ६२ प्रतिशतले टिभीमै हेर्छन् !


Share This


नेपालबहस संवाददाता    

स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा

काठमाडौं । विश्वकप फुटबल हेर्न अहिले पनि धेरैले टिभी नै प्रयोग गर्छन् । स्टाटिस्टाको रिपोर्टअनुसार स्मार्टफोन तथा भिडियो स्ट्रिमिङ सुविधा उपलब्ध भए पनि अहिले पनि ६२ प्रतिशतले टिभीमै विश्वकप हेरिरहेका छन् ।

विश्वका २५ प्रतिशत व्यक्तिले इन्टरनेट प्रयोग गरी विश्वकप हेर्छन् भने अहिले पनि ६ प्रतिशतले रेडियोमा कमेन्ट्री सुनेर चित्त बुझाइरहेका छन् । मोबाइलमा १३ प्रतिशत तथा ट्याब्लेटमा ८ प्रतिशतले विश्वकप हेर्छन् ।

यो अनलाइन सर्वेक्षणमा विश्वका २७ देशका १२ हजार २ सय ७ व्यक्ति सम्मिलित थिए । सन् २०१४ को विश्वकप ३ अर्ब २० करोड व्यक्तिले टिभीमा हेरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार