राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता साउनमा हुने


Share This


नेपालबहस संवाददाता    160 Views

काठमाडौं । नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको बाघचाल प्रतियोगिता आयोजना हुने भएको छ । मौलिक खेललाई मूलधारमा ल्याउने उद्देश्यसहित प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

नेपालका विभिन्न मौलिक खेलको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित प्रगतिवादी युवा समाज नेपालको आयोजनामा कार्यक्रम आगामी साउन ११ र १२ गते हुनेछ । कार्यक्रम काठमाडौंको बसुन्धारामा रहेको चन्द्रविन्दु स्कुलमा हुनेछ ।

बाघचाल प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न जिल्लाका स्कुल तथा कलेजका साथै व्यक्तिगत रुपमा पनि सहभागिता रहनेछ । कार्यक्रममा २ सय ५० जना सम्मको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ ।

बाघचाल प्रतियोगितामा सहभागिताका आवेदन समेत खुल्ला भइसकेको छ । २०७५ साल साउन २ गते साँझ ५ः०० बजे सम्म आएको आवेदनलाई प्रतिस्पर्धामा सम्मिलित गराइने आयोजक प्रगतिवादी युवा समाज नेपालले जनाएको ।

म्याद नाघी आएको आवेदन मान्य नहुने आवेदकले जनाएको छ । आवेदन शुल्कको रुपमा प्रतियोगिले १ सय ५० रुपैयाँ शसुल्क बुझाउने पर्नेछ । प्रतियोगितामा एउटा स्कुलबाट बढीमा ६ जनाले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रमका प्रथम, दास्रो र तस्रो हुने विजेता क्रमसः ५ हजार ५ सय, ३ हजार ५ सय र २ हजार ५ सय रुपैंयाका साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।

यसका साथै कार्यक्रममा नेपालको खेलकुद क्षेत्रमा रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याएका पूर्व खेलाडीलाई सम्मान समेत गरिने छ । सम्मानित हुने खेलाडीमा पूर्व राष्ट्रिय खेलाडीहरु क्रमशंः राम्जी प्रसाद बज्रचार्य ‘ कराँते, दिपक बिष्ट ‘ तेकवान्दो, विनोद दास ‘क्रिकेट ,सारादेवी तामाङ ‘ ब्याडमिन्टन ‘नेपालआर्मी ‘, दिपक महर्जन–बक्सिग, आङ बाबु लामा –ऊशु ,भरत शाह’ भलिबल ‘नेपालपुलिस ‘ ,ममता चौधरी ‘ महिला क्रिकेट ‘सशत्रप्रहरी बल’, जितबहादुर केसी ‘ एथलेटिक्स , तारादेवी पुनमगर ‘भारत्तोलन, रञ्जना धामी–प्यारा ओलम्पिक ‘अपाङ्ग’ र सोम बहादुर सुनुवार ‘ प्यारा ओलम्पिक ‘अपाङ्ग’ रहेका छन् ।

तपाईको प्रतिक्रिया