विश्वकप फुटवल : क्वार्टरफाइनल समीकरण पूरा !


Share This


नेपालबहस संवाददाता    

कहिले हुँदैछ कुन कुन टिमको खेल ‘हेर्नुस् सूची’

काठमाडौं । विश्वकप फुटवलको अन्तिम १६ मा पुगेका टिमहरुबाट अन्तिम ८ छानिएपछि क्वार्टरफाइनलको समीकरण पूरा भएको छ। समीकरण अनुसार एउटा समूहमा फ्रान्स, उरुग्वे र ब्राजिल गरी तीन पूर्व विजेता रहेका छन् भने अर्को समूहमा इंग्ल्यान्डमात्रै पूर्व विजेता रहेको छ।

बुधबार र बिहीबार विश्वकपमा आरामको लागि छुट्याइएको छ। क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो क्वार्टरफाइनल दुई पूर्व विजेता फ्रान्स र उरुग्वेबीच असार २२ गते शुक्रबार राति ७ : ४५ मा हुनेछ।

त्यही दिन राति ११ : ४५ मा ब्राजिल र बेल्जियमबीच सेमिफाइनलमा स्थान बनाउनका लागि भिडन्त हुनेछ।

असार २३ गते शनिबार राति ७ : ४५ मा स्विडेन र इंग्ल्यान्डबीच खेल हुनेछ भने सोही दिन राति ११ : ४५ मा आयोजक रसिया र क्रोएसियाबीच खेल हुनेछ। सेमिफाइनलमा दुई खेल असार २६ गते मंगलबार र असार २७ गते बुधबार हुनेछन्।

तपाईको प्रतिक्रिया