विश्वकप फुटवलमा २३ बर्षमुनिका ३ उत्कृष्ट युवा खेलाडी !


Share This


नेपालबहस संवाददाता    183 Views

काठमाडौं । विश्वकप २०१८ मा आश्चर्यजनक नतिजाहरु सहित उच्च प्रदर्शन गर्ने २३ वर्षमुनिका ३ युवा खेलाडीहरु छनोट भएका छन् । दर्शकको खेल हेराइले ३ खेलाडि यस प्रकार रहेका छन् ।

३.हिर्भिङ लोजानो

Related image

मेक्सिकोका २२ वर्षे फरवार्डले जर्मनीविरुद्ध गोल गर्दै आफ्नो नाम विश्व फुटबलमा चिनाए । आफ्नो गति र डिफेन्डर छलाउने कलाका लागि चिनिएका लोजानो युरोपमा पिएसभीका लागि खेल्ने गर्छन् ।

यस प्रतियोगितामा उच्च प्रदर्शनसंगै बार्सिलोना र म्यानचेस्टर युनाइटेड उनीमा इच्छुक रहेको खबर आएको छ । केही दिन यता इंग्लिन क्लब आर्सनल पनि लोजानोप्रति निकै इच्छुक देखिएको छ ।

२.अलेक्जान्डर गोलोभिन

Related image

आयोजक रुस क्वाटरफाइनलसम्म पुग्दै सबैलाई आश्चर्यचकित बनाउन सफल भएको छ । रुसको प्रदर्शनमा सबैभन्दा ठूलो हात उसका युवा प्ले-मेकर एलेक्जान्डर गोलोभिनको रहेको छ ।

२२ वर्षे गोलोभिन सिएसकेए मस्कोबाट क्लब फुटबल खेल्छन् र यस विश्वकपमा १ गोल र २ असिस्ट गरिसकेका छन् । गोलोभिनलाई भित्राउन इंग्लिस टोली चेल्सी निकै नजिक रहेको बुझिएको छ ।

१ . किलियन एम्बाप्पे

Image result for किलियन एम्बाप्पे

१९ वर्षे किलियन एम्बाप्पेको अर्जेन्टिना विरुद्धको उत्कृष्ट प्रदर्शन प्रशंसायोग्य रहेको थियो । मोनाको र पिएसजीबाट क्लब फुटबल खेलेका १९ वर्षे एम्बाप्पेले आफ्नो लयलाई विश्वकपमा पनि निरन्तरता दिएका छन् । ३ गोल गरिसकेका एम्बाप्पेलाई रियल म्याड्रिडले भित्राउन पनि खोजिरहेको छ ।

तर अहिलेसम्मको सम्झौता अनुरुप उनी अर्को सिजन पिएसजीमै रहनेछन् । नेयमारपछि एम्बाप्पे विश्व फुटबलका सबैभन्दा महंगा खेलाडी रहेका छन् ।

तपाईको प्रतिक्रिया