ग्लोबल टि-२० प्रतियोगिता : लामिछानेको किफायती बलिङसहित विकेट !


Share This


नेपालबहस संवाददाता    96 Views

काठमाडौं । क्यानाडामा जारी ग्लोबल टि-२० प्रतियोगितामा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पुनस् प्रभावकारी प्रदर्शन गरेका छन् । उनको उच्च प्रदर्शनको मद्दतले मोन्ट्रियाल टाइगर्सले एन्मोन्टन रोयल्सलाई १५ रनले हराउन सफल रह्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मोन्ट्रियालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सफल रह्यो । उसका लागि अष्ट्रेलियन ब्याट्सम्यान मोसेस हेनरिक्सले ५० रनको राम्रो पारी खेलेका थिए ।

१ सय ३० रनको लक्ष्य पछ्याएको एन्मोन्टन भने अन्तिम ओभरमा १ सय १४ रनमै अल-आउट हुन पुग्यो । मोन्ट्रियालका लागि अष्ट्रेलियन बलर पिटर सिडलले ४ विकेट लिए भने लसिथ मलिङा, केभोन कुपरले दुईदुई विकेट लिए । सन्दीप र सुनिल नारानले भने १-१ विकेट लिएका थिए ।

४ ओभरमा १ मेडन राख्दै १६ रन दिंदै १ विकेट लिएका सन्दीप मोन्ट्रियालका लागि सबैभन्दा किफायती बलर रहे । सन्दीपले तेस्रो ओभरमा आन्द्रे फ्लेचरको विकेट लिएका थिए । यससंगै मोन्ट्रियालले प्रतियोगितामा आफ्नो पहिलो जित पनि दर्ता गर्न सफल रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार