ब्राजिललाई बोनस : रुस विश्वकपको नम्बर १ टिम बन्न सफल !


Share This


नेपालबहस संवाददाता    127 Views

काठमाडौँ, २२ असार । रुस विश्वकपमा शुक्रबारदेखि क्वाटरफाइनल खेल शुरु हुदैछन् । तर रुसमा विश्वकप उचाल्ने दाउमा रहेको ब्राजिललाई निर्णायक भिडन्त अघि राम्रो बोनस मिलेको छ ।

विश्वका फुटबल पण्डितले ब्राजिललाई रुस विश्वकपको सबैभन्दा शक्तिशाली टिम भन्दै उपाधिको दाबेदार भनिदिएका छन् । यो शुक्रबार राती बेल्जियमका लागि ‘दिमाग खराब’को संकेत हो ।

मार्सेलो टिममा फर्केको खबरले केही संयमित बनेको बेल्जियमलाई रुस विश्वकपकै सबैभन्दा शक्तिशाली नम्बर १ टिम ब्राजिललाई हराउने चुनौति सामान्य छैन ।

दक्षिण अमेरिकी छनौटबाट सबैभन्दा अगाडी रुसको टिकट काटेको ब्राजिल यसैपनि ‘गोल्डेन इरा’ भएको टिम हो । उत्कृष्ट डिफेन्स, मिडफिल्ड र फरवार्ड लाइन भएको ब्राजिलका अगाडी बेल्जियम हाजार्ड र लुकाकुको भरमा छ ।

यदि त्यसमा मिडफिल्डबाट केभिन डी ब्रुयनी र डिफेन्सबाट भिन्सेन्ट कम्पनीको आश गर्न सकिन्छ । तर एक्लैको प्रयास त्यति सम्भव देखिदैन । जति ब्राजिलसँग छ ।

शुक्रबार राती रुस विश्वकपको उपाधि उचाल्न ब्राजिलजस्तो टिमलाई पाखा लगाउनु बेल्जियमका लागि फलामका नभई सुनका चिउरा चपाएसरह हो ।

रुस विश्वकपको दोश्रो शक्तिशाली टिम फ्रान्स बनेको छ । यस्तै ब्राजिलको प्रतिद्धन्द्धी बेल्जियम तेश्रो, उरुग्वे चौथो, क्रोएसिया पाचौँ, इंग्ल्याण्ड छैटौँ, स्वीडेन सातौ र रसिया आठौ टिम बनेको छ ।

तपाईको प्रतिक्रिया