तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद शुरु


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजनामा तेस्रो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुद बिहीबारदेखि शुरु भएको छ ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगितामा समाविष्ट खेलका प्रतिनिधिलाई खेल सामग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा पुरुष÷महिला भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल ९खुला० गरी चार खेल समाविष्ट छन् । तीनदिने प्रतियोगितामा आठ विश्वविद्यालयबाट २५६ खेलाडी सहभागी छन् ।

टेबलटेनिस : टेन्डी र नारायण फाइनलमा

प्रतियोगिताको टेबल टेनिसतर्फ पुरुष सिंगल्समा त्रिभुवन विश्वविद्यालय ९टियु० द्वय टेण्डी शेर्पा र नारायण घिमिरे फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा टेण्डीले काठमाडौं विश्वविद्यालय ९केयू० का करण राईलाई तथा नारायणले केयू सन्दीप भुर्तेललाई पराजित गरे ।

महिला सिंगल्समा केयूकी नम्रता ढकालले टियुकी ज्योति खनाललाई तथा केयूकी रेजशा खोटियाले टियुकी सिजा अर्याललाई हराउँदै फाइनलमा पुगेको छ ।

भलिबल : टियुका दुवै टोली सेमिफाइनलमा

भलिबलको पुरुष र महिला दुवैमा टियु सेमिफाइनलमा पुगेको छ । पुरुषमा टियुले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई २५–१७, २५–१३ र २६–२४ ले लगातार पराजित ग¥यो ।

महिलामा टियुले केयूलाई २५–२, २५–६ र २५–१३ ले लगातार हरायो । महिलामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले पोखरा विश्वविद्यालयलाई २५–२१, २५–१६ र २५–१६ बाट पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का ग¥यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको प्रतियोगिताको पुरुषमा केयू र मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । केयूले संस्कृत विश्वविद्यालयलाई २५–१५, २५–१८ र २५–२२ तथा मध्यपश्चिमाञ्चलले पूर्वाञ्चल विश्वविद्यालयलाई २५–१०, २५–११ र २५–१४ ले पन्छाए ।

ब्याडमिन्टन : क्वाटरफाइनल समीकरण पूरा

ब्याडमिन्टनको पुरुष सिंगल्समा टियुका जीवन आचार्य, सुदूरपश्चिमाञ्चलका सनी भट्ट, केयूका विष्णु पाण्डे, पूर्वाञ्चलका सूचक खड्का, कृषिका प्रशान्त भट्ट, सुदूरपश्चिमाञ्चलका मनीष ऐर, पोखराका सिर्जन श्रेष्ठ र टियुका पूर्णबहादुर थापा क्वाटरफाइनलमा पुगेका छन् ।

कीर्तिपुरस्थित टियु हातामा भएको प्रतियोगिताको महिला सिंगल्समा केयूकी शान्ता अर्याल, पूर्वाञ्चलकी अल्का शाह, सुदूरपश्चिमाञ्चलका हेमा जोशी र हेमन्ती भट्ट, केयूकी आस्मा भट्टराई तथा मध्यपश्चिमाञ्चलकी सुस्मिता आचार्य क्वाटरफाइनलमा पुगेकी छिन् ।

तपाईको प्रतिक्रिया