अन्ततः ब्राजिल पनि विश्वकपबाट घर फर्कियो, बेल्जियम सेमीफाइनलमा !


Share This


नेपालबहस संवाददाता    157 Views

काठमाडौँ, २३ असार । पाँच पटकको विश्वकप बिजेता ब्राजिल पनि अन्ततः रुसबाट घर फर्किएको छ । बेल्जियमसँग २ एकले हार व्येहोर्दै ब्राजिल रुस विश्वकपबाट बाहिरिएको हो ।

बेल्जियमका लागि केभिन डी ब्रुएनीको गोल निर्णायक भयो । शुरुमा आत्मघाती गोल गरेका फर्नाडिन्हो ब्राजिलका सबैभन्दा महंगा खेलाडी साबित भए ।

उनले १३ औँ मिनेटमा आत्मघाती गोल गर्दा ब्राजिल पछि परेको थियो । त्यसपछि बेल्जियमका ब्रुएनीले ३१ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

पहिलो हाफमै २ गोलको अग्रता लिएको बेल्जियमले दोश्रो हाफ पुरै डिफेन्स खेल्यो । तर ब्राजिलले केही राम्रा प्रयास गरेसँगै खेलमा फर्किने आश पनि देखायो ।

उसका लागि रेनाटो अग्वेष्टोले खेलको ७६ औँ मिनेटमा गोल गरेर ब्राजिललाई राहत दिएका थिए । तर निर्धारित ९० र थप गरिएको ६ मिनेटमा पनि ब्राजिलका कुनै फरवार्डले आफ्नो कौशलता अनुसार गोल गर्न सकेनन ।

६० प्रतिशत बल पोजिसनमा राखेर ३० वटा भन्दा बढी प्रहार बेल्जियमको पोष्टमा हानेको ब्राजिल अन्ततः निराश भएर पोर्चुगल, अर्जेन्टिना र स्पेन जस्तै घर फर्कियो ।

ब्राजिल पनि घर फर्केपछि अब फ्रान्स, बेल्जियम, इंग्ल्याण्डमध्ये एकले विश्वकप जित्ने सम्भावना बढेको छ ।

तपाईको प्रतिक्रिया