प्रशिक्षक फर्नान्डो हिइरोले पदबाट दिए राजीनामा


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । रुसमा जारी विश्वकपबाट स्पेन बाहिरिएसँगै प्रशिक्षकको भूमिकामा रहेका फर्नान्डो हिइरोले पदबाट राजीनामा दिएका छन् ।

सन् २०१० को विश्व विजेता स्पेन घर फर्किएपछि हिइरोले राजीनामा दिएका हुन् । स्पेन रुस विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो । उसलाई घरेलु टोली रुसले अन्तिम १६ को खेलमा टाइब्रेकरमा निराश पारेको थियो ।

हिइरो विश्वकप शुरु हुनुभन्दा एक दिनअघि मात्रै स्पेनको प्रशिक्षकमा नियुक्त भएका थिए । त्यसअघि उनी स्पेनिस टिमको स्पोर्टिङ्ग डाइरेक्टर थिए ।

तत्कालीन प्रशिक्षक जुलियन लोपेतेगी बर्खास्त भएपछि हिइरोलाई स्पेनिस फुटबल फेडेरेशनले अस्थायी प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो ।

स्पेनले बुधबार पूर्वखेलाडी फर्नान्डो हायरोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। स्पेनिस फुटबल संघले बुधबारै आफूहरूलाई धोका दिएको भन्दै तत्कालीन प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको थियो।

स्पेनिस फुटबल संघका प्रमुख लुइस रुबेल्सले फर्नान्डो क्षमतावान् प्रशिक्षक भएको र उनको प्रशिक्षणमा टोलीले सन्तोषजनक नतिजा ल्याउनेमा आशावादी भएको बताए । ‘हामीले फर्नान्डोको नियुक्तिका बारेमा टिम कप्तान सर्जियो रामोस र अन्य खेलाडीलाई जानकारी गराइसकेका छौं,’ रुबेल्सले भने, ‘उनीहरू फर्नान्डोसँग सहकार्य गर्न उत्साही छन्।’

फनौन्डोले सन् १९९० देखि २००२ सम्म गरी स्पेनबाट ४ पटक विश्वकपमा सहभागिता जनाएका थिए । त्यस्तै उनले सन् १९९६ र २००० गरी दुई पटक युरोपियन च्यापियनसिप खेलेका थिए । व्यावसायिक खेलजीवनमा अधिकांश समय रियाल मड्रिडमा बिताएका फर्नान्डोले सन् २००५ मा इङ्लिस क्लब बोल्टनबाट खेलजीवनको अन्त्य गरेका थिए।

फर्नान्डोले सन् २०१४ मा जिनेदिन जिदानले छोडेपछि रियालमा तत्कालीन प्रशिक्षक कार्लो एन्सेलोट्टीको सहायकका रूपमा काम गरेका थिए । उनले दुई सिजनअघि दोसो श्रेणीको क्लब रियाल ओभिडियोलाई प्रशिक्षण दिएका थिए । सन् २०११ मा स्पेनिस फुटबल संघको खेलकुद निर्देशकको पद छोडेपछि उनी मालागाको प्रबन्धकका रूपमा काम गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया