उम्टिटीको गोलले फ्रान्स विश्वकपको फाइनलमा, तुहियो बेल्जियमको सपना !


Share This


नेपालबहस संवाददाता    121 Views

काठमाडौँ, २७ असार । डिफेन्डर स्यामुएल उम्टिटीको एकमात्रै निर्णायक गोलको सहयोग फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ ।

ब्राजिललाई हराएर सेमीफाइनल पुगेको बेल्जियमलाई फ्रान्सले १ शुन्य गोलले हराउदै घर फर्काएको हो । फ्रान्सको जितमा उम्टिटी नायक बने । उनले खेलको ५१ औँ मिनेटमा गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

यसअघि विश्वकपका दुई खेलमा बेल्जियमले फ्रान्सलाई हराउन सकेको थिएन । त्यही क्रम रुस विश्वकपमा दोहोरिएको छ ।

लामो समय गोल गर्ने प्रयास गरेपनि बार्सिलोनाका स्टार डिफेन्डर उम्टिटीबाट बेल्जियमको हार टर्न सकेन । लुकाकु, हाजार्ड डी ब्रुएनी जस्ता गोल्डेन इरा टिमले सुनौलो मौका समेत गुमाएको छ ।

युरोकपको फाइनल पुगेपनि उपाधि विहिन भएको फ्रान्सले अब विश्वकपको उपाधि जित्ने सपना बनाएको छ । फ्रान्सले असार ३१ गते हुने फाइनलमा इंंग्ल्याण्ड र क्रोएसियाबीचको बिजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया