यी हुन क्रोएसियालाई फाइनल पुर्याएर आत्मघाती गोल गर्ने मारियो


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ, ३१ असार । क्रोएसिया पहिलो पटक विश्वकफ फुटबलको फाइनल खेलिरहेको छ । फ्रान्स जस्तो बलियो टिमविरुद्ध फाइनल खेल्दा आफ्नै गल्तीले गर्दा क्रोएसिया पछि परेको छ ।

उसका मारियो मान्डुजकिकले आत्मघाती गोल गरेका हुन । उनले खेलको १८ औँ मिनेटमा बल क्लियर गर्न खोज्दा आफ्नै गोलपोष्टमा गोल गरेका हुन ।

यद्यपी त्यसको १० मिनेटमै इभान पेरिसिचले गोल गरेर खेल बराबरीमा ल्याएका छन । तर त्यसको १० मिनेटमा पेनाल्टीमा गोल गर्दै ग्रिजमेनले फ्रान्सलाई अग्रता दिलाएका छन् ।

फाइनलमा आत्मघाती गोल गर्ने मारियो तिनै खेलाडी हुन जसले सेमीफाइनलमा इंग्ल्याण्डविरुद्ध अतिरिक्त समयमा निर्णायक गोल गरेर क्रोएसियालाई फाइनल पुर्याएका थिए ।

निर्धारित र थपिएको ३० मिनेटमा एक एक गोलको बराबरी चलिरहदा मारियाले १ सय १५ मिनेटमा गोल गरेर क्रोएसियालाई फाइनलमा पुगाएका हुन ।

तर उनको सानो गल्तीले फाइनलमा आत्मघाती गोल गर्न पुगेका हुन । यद्यपी उनले खेल उल्टाउने क्षमता समेत राखेका छन् । खेलको दोश्रो हाफ बाँकी नै छ ।

तपाईको प्रतिक्रिया