fbpx

रसिया विश्वकपमा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । रसियामा सम्पन्न २१ औं फिफा विश्वकप फुटबल प्रतियोगितामा ४० करोड अमेरिकी डलरको पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा सहभागी भएका टिमदेखि विश्व च्याम्पियनसम्मलाई ४० करोड अमेरिकी डलरको पुरस्कार प्रदान गरिएको हो । विश्वकप विजेता बनेको फ्रान्सले ३ करोड ८० लाख डलर ‘करिब ४ अर्ब नेपाली रुपैयाँ’ पुरस्कार पाएको छ भने उपविजेतामा चित्त बुझाएको क्रोएसियाले २ करोड ८० लाख अमेरिकी डलर हात पारेको छ ।

इङ्ल्याण्डलाई पराजित गर्दै तेस्रो भएको बेल्जियमले २ करोड ४० लाख पाउदा चौथो भएको इङ्ल्याण्डले २ करोड २० लाख अमेरिकी डलर प्राप्त गरेको छ । क्वार्टरफाइनल अर्थात् अन्तिम ८ मा पराजित हुने ब्राजिल, उरुग्वे, स्विडेन र आयोजक रुसले १ करोड ६० लाख डलर हात पारेका छन् ।

अन्तिम १६ मा पराजित हुने ८ टोली अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाले जनही १ करोड २० लाख प्राप्त गरेका छन् ।

समूह चरणबाटै घर फकिएका साउदी अरेयिबा, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्याण्ड, सर्बिया, कोस्टारिका, दक्षिण कोरिया, जर्मनी, ट्युनिसिया, पानामा, सेनेगल र पोल्यान्डले ८०र८० लाख अमेरिकी डलर प्राप्त गरे । सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि तयारीका लागि पाउने रकमसमेत जोडिएको छ ।

ब्राजिलमा सन् २०१४ मा भएको २० औं संस्करणको प्रतियोगितामा भन्दा यसपटक करिब १२ प्रतिशतले पुरस्कार राशीमा वृद्धि गरिएको छ ।

अघिल्लो विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो ।

त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो ।

तपाईको प्रतिक्रिया