fbpx

हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा छलफल सुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोट्वा र प्लेमेकर इडेन हाजार्ड अनुबन्ध गर्नका लागि उच्चस्तरीय छलफल थालेको छ ।

हाजार्डलाई रियलले कीर्तिमानी २ सय मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ । तर उसले आधिकारिक रुपमा भने यो कुरा खुलाएको छैन । क्रिष्टियानो रोनाल्डोलाई एक सय मिलियन पाउण्डमा युभेन्टसमा बेचेको रियल मड्रिड उनको स्थानमा उपयुक्त खेलाडीको खोजीमा रहेको छ ।

कोट्वाको सम्झौता यसै वर्ष सकिँदैछ । तर उनको सम्झौता लम्बिने कुरामा अन्योल कायमै छ । यसैबीच गोलकिपर कोट्वाले भने मड्रिडमा घर खोज्न थालेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया