fbpx

भारतिय टेस्ट टोलीमा कुलदीप


Share This

नेपालबहस संवाददाता    

काठमाडौं ।  स्पिनर कुलदीप यादव पहिलो पटक भारतिय टेस्ट क्रिकेट टोलीमा समावेश गरिएका छन् । ट्वान्टी ट्वान्टी र एक दिवसिय क्रिकेटमा राम्रो प्रभाव पार्न सफल भएपछि कुलदीप इंग्लयान्ड विरुद्ध हुने पहिलो तीन टेस्टका लागि टोलीमा समेटिएका छन् ।

२३ वर्षे कुलदीपले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा ५ विकेट र ट्रेन्ट ब्रिजमा भएको एक दिवसियमा ६ विकेट लिन सफल भएका थिए । तेस्रो एक दिवसिय क्रिकेटमा चोटग्रस्त भएका भुवनेश्वर कुमारले टेस्ट खेल्ने सम्भावना कम रहेको बताइएको छ ।

अर्का युवा खेलाडी चेतेश्वर पुजारा र जसप्रिम बुम्रहा पनि टेस्ट टोलीमा समेटिएका छन् । यद्दपी चेतेश्वर र जसप्रित दोस्रो टेस्टबाट मात्र टोलीमा समावेश हुने बताइएको छ ।भारत र इङल्यान्डबीचको पहिलो टेस्ट अगस्ट १ मा सुरु हुनेछ ।

इङ्ल्यान्डविरुद्धको तीन टेस्टका लागि भारतीय टोली
विराट कोहली ९कप्तान०, शिखर धवन, केएल राहुल, मुरली विजयी, चेतेश्वर पुजारा, अजिन्के रहाने ९उपकप्तान०, करुन नायर , दीनेश कार्तिक ९विकेट किपर० , आर पन्त, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, कुदीप पाण्डे, हार्दिक पाण्डेय, इशान्त शर्मा, मोहम्मद सामी, उमेश यादव, जसप्रित बुम्राह, सर्दुल ठाकुर । एजेन्सी

तपाईको प्रतिक्रिया