fbpx

पेड्रोको गोलबाट चेल्सीको विजयी शुरुवात !


Share This

नेपालबहस संवाददाता    

अष्ट्रेलिया । चेल्सीको यस सिजनमा विजयी शुरुवात गरेको छ । खासगरी नयाँ प्रशिक्षक शारीको पहिलो मैत्रीपूर्ण खेलमा चेल्सीले अष्ट्रेलियाको पर्थ ग्लोरीलाई १–० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जिताउन पेड्रोले गोल गरे । खेल शुरु भएको ५ मिनेटमै उनले गोल गरेका थिए । तर अन्तिम समयसम्म पनि पर्थले गोल गर्न नसक्दा चेल्सी विजयी भएको हो ।

गत सिजन प्रिमियर लिगको पाँचौ स्थानमा झरेको चेल्सीले खराब प्रदर्शन गरेपछि प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरी नापोलीका प्रशिक्षक शारीलाई भित्र्याएको थियो ।

तपाईको प्रतिक्रिया