fbpx

टेस्ट क्रिकेटको नम्बर एक टिमलाई अभ्यास खेलमै गम्भिर धक्का !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । टेस्ट क्रिकेटको नम्बर एक टिम भारतलाई इंग्ल्याण्डसँगको टेस्ट श्रृंखला अगाडी गम्भिर धक्का लागेको छ । भारतले इंग्ल्याण्डको सामान्य टिमसँगको अभ्यास खेलमा खराब प्रदर्शन गरेपछि विराट कोहलीको टिमलाई धक्का लागेको हो ।

सबैभन्दा चिन्ताको विषय त भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाउने स्पिनर पछिल्ला खेलमा चल्न सकेका छैनन । सबैभन्दा आश गरिएका स्पिनर कुलदिप यादव एकदिवसीयमा इंग्ल्याण्डका व्याट्सम्यानसामु निरिह बनेका थिए ।

उनले अभ्यास खेलमा पनि त्यही प्रदर्शन दोहोर्याएका छन । उसो त भारतीय क्रिकेटका गेमचेन्जर रविचन्दन आश्विन र रवीन्द्र जडेजाले पनि तल्लो स्तरको प्रदर्शन गरिरहेका छन् ।

बलिंगसँगै व्याटिंगमा पनि भारतीय टोलीमा चिन्ता थपिएको छ । उसका मुख्य व्याट्सम्यान शिखर धवन र चेतेश्वर पुजारा चल्न सकेका छैनन भने स्पिनरहरु इंग्लिस मैदानमा फ्लप साबित भएका छन् ।

पहिलो पालीमा ३ सय ९५ रन बनाएको भारतले दोश्रो पालीमा ८९ रन जोड्दा खेल समाप्त भएको छ । भारतलाई गतिलो जवाफ दिदै बेलायतको इसेक्सले पहिलो पालीमा ३ सय ८९ रनसम्म बनाएपछि कोहलीको टिमलाई चुनौति थपिएको हो ।

कोहलीको नेतृत्वमा लगातार टेस्ट क्रिकेटको नम्बर एक टिमको शीर्ष स्थानमा रहेको भारतले अगष्टदेखि इंग्ल्याण्डसँग चार खेलको टेस्ट क्रिकेट खेल्दैछ ।

स्पिनर नचलेकै कारण एकदिवसीय श्रृंखला गुमाएको भारतले तीन खेलकै ट्वेन्टी ट्वेन्टी भने जितेको थियो । जसको निर्णायक तेश्रो खेलमा कुलदिप एक्लैले ६ विकेट लिएका थिए ।

तर उनले त्यो प्रदर्शन एकदिवसीय क्रिकेटका पछिल्ला खेलमा दोहोर्याउन सकेनन । उनको खराब फर्म अभ्यास खेलमा पनि जारी छ । धर्मराएको व्याटिंग भने कोहलीकै नेतृत्वमा सुधारिदै गएको छ ।

यद्यपी जस्प्रित बुम्राह टिममा फर्किनु र जडेजा तथा कुलदिपले पुरानो लय समाते मात्रै भारतले इंग्ल्याण्डलाई टेस्टमा हराउन सक्नेछ । यअसघि घरेलु मैदानमा गत बर्ष भएका तीनवटै फम्र्याटका श्रृंखला जितेको भारतले त्यही खेल बेलायतमा भने दोहोर्याउन सकेको छैन ।

तपाईको प्रतिक्रिया