बटलरको शतक भारतको टाउको दुखाई मात्र !


Share This


नेपालबहस संवाददाता    72 Views

लण्डन । भारतसँगको तेश्रो टेस्ट क्रिकेटमा इंग्ल्याण्डका जोश बटलरले शतक बनाएका छन । तर उनको शतक व्यक्तिगत प्रदर्शनमा मात्रै हुँदा भारतका लागि भने टाउको दुखाई भएको थियो ।

तेश्रो टेस्टको चौथो दिनको प्रसंग हो । ५ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डको शुरुवात निकै नै खराब भई दियो । शुरुमै ओपनर पेभेलिएन फर्किएपछि मध्यक्रमका व्याट्सम्यानमाथि दबाब थपियो ।

कप्तान जोय रुट र ओल्ली पोप पनि क्रिजमा टिक्न सकेनन । जोनी ब्रेश्टोको औला भाच्चिएपछि इंग्ल्याण्ड लगभग धराशयी अवस्थामा पुगेको थियो ।

तर बटलर र बेन स्टोक्सले अपत्यारिलो साझेदारी गरे । ६२ रन जोड्दा ४ विकेट गुमाएको इंग्ल्याण्डका लागि बटलर र स्टोक्ले १ सय ६९ रनको साझेदारी गरे ।

यसबीचमा बटलरले १ सय ६ रन बनाए भने स्टोक्स ६२ रनमा आउट भए । जस्प्रित बुम्राहले बटलरलाई एलबीडब्लु धरापमा पारेर आउट गरे भने हार्दिक पाण्ड्याले स्टोक्सलाई विकेटकिपर रिसब पन्तबाट क्याच आउट गराए ।

तर उनीहरुको साझेदारी भारतीय बलरलाई निकै टाउको दुखाई बन्यो । इंग्ल्याण्डका लागि जित असम्भव भएका बेला शतकीय साझेदारीले भारत श्रृंखला नै गुम्ने हो की भन्ने चिन्तामा परेको थियो ।

अन्ततः तेश्रो टेस्टमा मात्रै मैदान फर्किएका बुम्राहले आफुलाई प्रमाणित गर्दै बटलर, ब्रेस्टो र क्रिस ओक्सलाई आउट गरेर टोलीलाई राहत दिए । ओक्सले दोश्रो टेस्टमा शतक बनाएका थिए ।

उनको शतकले न इंग्ल्याण्डले श्रृंखला जित्ने अवस्था आयो । न भारतले सजिलै पहिलो जित निकाल्न सक्यो । उनको शतक इंग्ल्याण्डका लागि सान्तवना भएपनि भारतका लागि भने ठूलो टाउको दुखाई भयो ।

तपाईको प्रतिक्रिया