दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार ट्र्याकमै देखिएनन्


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । एथ्लेटिक्सको पुरुष दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार अनुपस्थित रहेका छन् । मंगलबार भएको प्रतिस्पर्धाको चौथो हिटमा रहेका याम साजन सुनार खुट्टामा समस्या आएको कारण देखाँउदै ट्र्याकमा उपस्थित भएनन् ।

उनी आजै बिहान काठमाडौं फर्किसकेको बताइएको छ । याम साजनले यसअघि गएको आइतबार पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

याम साजन अनुपस्थित भएपछि अब एथ्लेटिक्सतर्फ नेपालका विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौड तथा सरस्वती भट्टराईको महिला १५ सय मिटर दौडमा खेल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया