ब्राजिलका विश्वकप विजेता रोनाल्डो नाजेरियो क्लवको मालिक बन्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ब्राजिलका विश्वकप विजेता रोनाल्डो नाजेरियो क्लवको मालिक बन्ने भएका छन्। यसै सिजन ला लिगामा बढुवा भएको स्पेनिस क्लव ‘रियल भालाडोलिड’ रोनाल्डोले खरिद गर्न लागेको स्पेनिस खेलकुद दैनिक पत्रिका मार्काले जनाएको छ।

गत हप्ता मार्का रेडियोले रोनाल्डोले भलाडोलिड क्लवमा सेयर हाल्ने खबर प्रसारण भएको थियो। सोमबार मात्र इएल लारग्वेरोले रोनाल्डोले सो क्लवमा ३० मिलियन युरो लगानी गरेको बताएको थियो।

हालका क्लव प्रमुख कालोस स्वारेज कार्यकारी निर्देशक तथा रोनाल्डो क्लवको प्रमुख हुने सहमति भएको जनाइएको छ। सबै किसिमको सम्झौता यसै महिना टुंगिने जनाइएको छ। रोनाल्डो नाजेरियो यसअघि स्पेनिस क्लव रियल मड्रिडका पूर्व स्टार हुन्।

२ दिनअघि उनले खरिद गर्न लागेको क्लव रियल भालाडोलिड फुटबल क्लव बार्सिलोनासँग मात्र १ गोलले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया