fbpx

एसिया कपमा युएईविरुद्ध नेपाल बलिङ गर्दै



नेपालबहस संवाददाता
 




काठमाडौ । एसिया कप छनोटको दोश्रो खेलमा नेपालले अहिले युएईविरुद्ध खेलिरहेको छ । टस जितेर बलिङ रोजेको नेपालले शुरुवाती विकेट लिन सकेको छैन ।

युएईले ताजा अवस्थामा ३८ रन बनाउँदा नेपालले कुनै विकेट लिन सकेको छैन । यसअघि हिजो पहिलो खेलमा ओमानसँग पराजित नेपाल पराजित भएको थियो ।

एसिया कप छनौटका लागि शीर्ष २ मा पर्नका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपाललाई आज जितको विकल्प छैन ।