बसन्त रेग्मीले दिलाए नेपाललाई पहिलो सफलता, तोडियो युएईको शुरुवाती साझेदारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । युएईविरुद्ध बलिंग गरिरहेको नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका बसन्त रेग्मीले पहिलो विकेट लिएका छन । उनले युएईका अस्फाक अहमदलाई ४५ रनमा एलबीडब्लु धरापमा पारेर आउट गरेका हुन ।

यसअघि १३ ओभरमा ७० रन जोडेको युएईले शानदार शुरुवाती लिएको थियो । तर बसन्तले आफ्नो तेश्रो ओभरको पहिलो बलमै विकेट लिएका हुन । नेपालले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया