नेपाललाई दोश्रो सफलता, सन्दीपको बलमा रोहन मुस्ताफा आउट


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । युएईविरुद्ध बलिंग गरिरहेको नेपालले दोश्रो सफलता हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले दोश्रो विकेट लिएका हुन ।

उनले क्रिजमा आएका युएईका कप्तान रोहन मुस्ताफालाई १ रनमै आउट गरेका छन । सन्दीपले आफ्नो दोश्रो ओभरको पहिलो बलमै पारस खड्काको हातबाट मुस्ताफालाई क्याच आउट गरेका हुन ।

यसअघि पहिलो विकेट बसन्त रेग्मीले लिएका थिए । शुरुवाती विकेट लिदा नेपालले बलिंग प्रभाव देखाएको छ । यो समाचार तयार पार्दासम्म युएईले २ विकेट गुमाएर १५ ओभरमा ८५ रन जोडेको छ ।

तपाईको प्रतिक्रिया