युरोपको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि लुका मोड्रीचलाई



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।उनले यो उपाधि पाउनका लागि युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पारे ।

रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्‍याएका मोड्रीचको ठूलो योगदान थियो ।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारे मोड्रिचले यो अवार्ड पाउनका लागि ३ सय १३ मत पाएका थिए । उनले रोनाल्डोभन्दा ९० मत बढी पाउँदै अवार्ड जिते । प्रिमियर लिगको गोल्डेन बुट विजेता सलाहले १ सय ३४ अंक पाए ।

सर्वोत्कृष्ट खेलाडी चुन्नका लागि युरोपका ८० क्लब प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकारको मत गनिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •