fbpx

२७ रनको अग्रता लिएर भारत २७३ रनमा अलआउट !



नेपालबहस संवाददाता
 




लण्डन । इंग्ल्याण्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा भारतले पहिलो पालीमा २७ रनको अग्रता लिएको छ । चेतेश्वर पुजाराको शतक मद्धतमा भारतले पहिलो पालीमा २ सय ७३ रन बनाएको हो ।

अन्तिम विकेट गुमाउनुअघि भारतले २७ रनको अग्रता लिन सफल भएको हो । इंग्ल्याण्ड भने पहिलो पालीमा २ सय ४६ रनमै अलआउट भएको थियो ।

भारतका लागि पुजाराले १ सय ३२ रन बनाए । २ सय ५७ बल खेलेर ३ सय ५५ मिनेट क्रिजमा टिकेका पुजाराले १६ वटा चौका प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले ४६ र शिखर धवनले २३ रनको योगदान दिए ।

इंग्ल्याण्डका मोइन अलिले ५ तथा स्टुआर्ट ब्रोडले ३ विकेट लिए । पुजारा र जस्प्रित बुम्राहबीचको ४६ रनको साझेदारी पनि ब्रोडले नै तोडेका थिए । बुम्राह ६ रनमा आउट भए ।

तर उनी केहीबेर राम्रेसँग क्रिजमा टिकेनन मात्रै पुजारालाई शतक बनाउन र भारतलाई फलअनबाट पनि जोगाए । चौथो टेस्टको दोश्रो दिन इंग्ल्याण्डले आफ्नो दोश्रो पाली शुरु गरेको छ ।