fbpx

लेस्टरमाथि लिभरपुलको जित, चेल्सीले बर्नमाउथलाई हरायो !


Share This

नेपालबहस संवाददाता    

लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सी विजयी भएका छन । शनिबार राती भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २ एक र चेल्सीले बर्नमाउथलाई २ शुन्य गोलले हराएका हुन ।

लिभरपुलको जितमा रोबर्टो फिरमिनो र साडियो मानेले गोल गरे । चेल्सीका लागि भने पेड्रो र हजार्डको गोल निर्णायक रह्यो ।

जितपछि लिभरपुल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट १२ अंक नै भएपनि गोल अन्तरका आधारमा चेल्सी दोश्रो स्थानमा छ ।

शनिबार राती भएका अरु खेलमा साउथह्याम्पटनले क्रिष्टल प्यालेसलाई २ शुन्यले पराजित गर्दा फुलह्याम र ब्रिंटोन तथा एभरटन र हर्डल्सफिल्डले बराबरी खेलेका छन ।

तपाईको प्रतिक्रिया