नेपाली बलरको उत्कृष्ट प्रदर्शन, सिंगापुर १५१ रनमा अलआउट


Share This

नेपालबहस संवाददाता    

मलेसिया । एसिया कप छनौटको चौथो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बलिंगमा उत्कृष्ट प्रदर्शनसँगै सिंगापुर १ सय ५१ रनमा अलआउट भएको छ ।

टस जितेर व्याटिंग शुरु गरेको सिंगापुर ४२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रनमै अलआउट भएको हो । नेपालका लागि सन्दीप लामिछाने तथा ललितनारायण राजबंशीले समान तीन तीन विकेट लिए भने सोमपाल कामीले दुई तथा बसन्त रेग्मीले एक विकेट लिए ।

सिंगापुरका लागि चेतन सुर्यबंशीले सर्वाधिक ६० रन बनाए भने पारमले ३१ रन बनाए । १ सय ५२ रनको लक्ष्य पाएको नेपाल अहिले केहीबेरमा जवाफी व्याटिंग गर्दैछ ।

तपाईको प्रतिक्रिया