ला लिगामा रियलको तेश्रो जित, एट्लेटिको मड्रिड पराजित !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार तेश्रो जित हात पारेको छ । रियलले लेगानेसलाई ४ एक गोल अन्तरको फराकिलो अन्तरले पराजित गरेको हो ।

रियलका लागि गारेथ बेलले एक, करिम बेन्जेमाले दुई तथा सर्जियो रामोसले एक गोल गरे । अर्को खेलामा एट्लेटिको मड्रिड पराजित भएको छ । एट्लेटिको सेल्टाभिगोसँग २ शुन्य गोलले पराजित भएको हो ।

लगातार तेश्रो जित निकालेको रियल ३ खेलबाट ९ अंकसहित ला लिगाको शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया