फिफा बर्ष उत्कृष्ट खेलाडीमा रोनाल्डो, मोडरिक र सलाह, मेस्सी आउट !


Share This

नेपालबहस संवाददाता    

ज्युरिच । विश्व फुटबल महासंघ फिफाले यस बर्षको उत्कृष्ट तीन खेलाडीको नाम सार्वजनिक भएको छ । जसमा फुटबलका जादु मानिने लियोनल मेस्सी भने आउट भएका छन ।

सुचीमा मेस्सीका प्रतिष्पर्धी क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोडरिक परेका छन । रियलका मड्रिडका मोडरिकले यस बर्षको उत्कृष्ट च्याम्पियन्स लिग खेलाडीको अवार्ड पाइसकेका छन । उनले रियलकै पुर्व साथी तथा खेलाडी रोनाल्डो र लिभरपुलका सलाहलाई पछि पारेका थिए ।

रोनाल्डोले सन २०१७ को च्याम्पियन्स लिगको फाइनल जितेका थिए भने लिगमा  १५ गोल गरेका थिए । सलाहले भने लिभपुरलाई ११ बर्षपछि फाइनलमा पुर्याएका थिए । मोडरिक रोनाल्डोकै टिममेट हुन । उनले आफ्नो देश क्रोएसियालाई विश्वकप फाइनल पुर्याएका थिए ।

गोल र उपाधिका आधारमा रोनाल्डोले नै ‘द बेस्ट’ छैटौ पटक जित्ने पक्का जस्तै छ । तर विश्वकै उत्कृष्ट क्लब रियल छाडेर इटालिएन क्लब युभेन्ट्स पुगेका रोनाल्डो पछिल्ला लगातार खेलमा गोलविहिन छन ।

जसकारण फाइनलमा उनको भोटिंगमा असर पर्ने अनुमान गरिएको छ । यद्यपी गत बर्षको उत्कृष्ट खेलाडीमा रोनाल्डो बाहेक अर्को दाबेदार कम छ ।

यो बर्ष सुचीबाट मेस्सी आउट हुनु र रोनाल्डो गोलविहिन अवस्थामा हुनुले अब विश्व फुटबलमा मेस्सी-रोनाल्डोको राज पनि तोडिदै छ भन्ने संकेत देखिएको छ ।

यस्तै प्रशिक्षकमा रियलका पुर्व प्रशिक्षक जिनेदिन जिदान, फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प र क्रोएसियाली फुटबल टिमका प्रशिक्षक ज्लाट्को डालिच अन्तिम ३ मा परेका छन् ।

क्रोएसिया विश्वकपको फाइनल पुगेको टोली हो भने फ्रान्सले विश्वकप जितेको टिम हो । गत बर्ष जिदानले पाएको यो पुरस्कार यो बर्ष डेसच्याम्पले जित्ने सम्भावना बलियो छ ।

तपाईको प्रतिक्रिया