साफ फुटबल आजदेखि शुरु, नेपाल पाकिस्तानसँग खेल्दै !


Share This

नेपालबहस संवाददाता    

ढाका । साफ फुटबलको १२ औं संस्करण आजदेखि शुरु हुदैछ । बंगलादेश ढाकाको बंगबन्धु स्टेडियममा शुरु हुने पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ ।

खेल पौने ४ बजेपछि मात्रै शुरु हुनेछ । शुरुवाती खेलमै नेपालका प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्नकै लागि साफ कपमा भाग लिएको बताएका छन ।

आजको खेलमा पाकिस्तानलाई हराउन सके नेपाल सेमीफाइनल पुग्नेछ । तर अहिलेसम्मको अवस्थामा नेपालले पाकिस्तानलाई दुई पटक जितेको खेलमा तीन पटक बराबरी र एक पटक पराजय व्यहोरेको छ ।

काठमाडौँमै केही बर्ष अघि भएको साफमा युवा स्ट्राइकर विमल घर्ती मगरले गरेको एक गोलमा नेपालले पाकिस्तानलाई बराबरीमा रोकेको थियो ।

तपाईको प्रतिक्रिया