नेपाल संकटमा ! अनिल शाह र ज्ञानेन्द्र मल्ल पनि आउट



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । हङहङविरूद्ध जित निकाल्नैपर्ने निर्णायक खेलमा नेपाललाई थप झट्का लागेको छ । नेपालका आक्रामक व्याट्सम्यान ज्ञानेन्द्र मल्ल र अनिल शाह आउट भएका छन ।

अनिलले १५ रन बनाउँदा ज्ञानेन्द्र मल्ल भने १२ रनमै आउट भए । रनरेट सुधार गरेका उनीहरु आउट हुँदा नेपाल थप कठिन अवस्थामा पुगेको छ । यसअघि सुवास खकुरेल शुन्य र पारस खड्का १४ रनमा आउट भएका थिए ।

समान २ चौका हानेका ज्ञानेन्द्र र अनिल आइतबार सिंगापुरलाई हराउँदा नायक बनेका थिए । त्यो खेलमा अनिलले सर्वाधिक ४३ र ज्ञानेन्द्रले २९ रन बनाएका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •