एकदिवसीयमा नेपालको अहिलेसम्मकै खराब प्रदर्शन, ९५ रनमा अलआउट !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । केही समयअघि मात्रै एकदिवसीय मान्यता पाएको नेपालले अहिलेसम्मकै खराब प्रदर्शन गरेको छ । एसिया कप छनौटको निर्णायक खेलमा हङहङविरूद्ध नेपाल ९५ रनमै अलआउट भएको छ ।

फाइनल पुग्नका लागि जित्नैपर्ने खेलमा नेपालले टस जितेर व्याटिंग शुरु गरेको थियो । तर कुनै व्याट्सम्यानले पनि गतिलो प्रदर्शन गर्न सकेनन ।

शुरुवातदेखि विकेट गुमाएको नेपालका ५ जना व्याट्सम्यानले पनि दोहोरो अंकमा रन जोड्न सफल भए । जसमा आरिफ शेखले सर्वाधिक १८, अनिल शाह र बसन्त रेग्मीले समान १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

सुवा खकुरेल र सोमपाल कामी खाता नखोली आउट भएका थिए । शूरुवातदेखि नै विकेट गुमाएको नेपाल ३७ ओभर ५ बलमा अलआउट भएको हो ।

हङहङका इशान खानले सर्वाधिक ४ विकेट लिए । ९६ रनको सामान्य लक्ष्य पाएको हङहङले केहीबेरमा जवाफी व्याटिंग गर्दैछ ।

तपाईको प्रतिक्रिया