सन्दीपको टिम क्यारेवियन प्रिमियर लिगको शीर्ष स्थानमा


Share This

नेपालबहस संवाददाता    

एजेन्सी । सन्दीप लामिछाने आबद्ध नेभिस प्याट्रिओट्स क्यारेवियन प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार बिहान बारबाडोस ट्रिडेन्टसलाई २ विकेटले हराउदै क्रिस गेलको कप्तानीमा रहेको नेभिस प्याट्रिओट्स कुल ११ अंकसहित शीर्ष स्थानमा पुगेको हो ।

१ सय ६९ रनको लक्ष्य नेभिसले १९ ओभर ४ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । नेभिसका लागि फेभिएन अलेनले सर्वाधिक ६४ र क्रिस गेलले २२ रनको योगदान दिए ।

सन्दीपका टिमले १० खेलमा ५ मा जित हात पारेको छ भने ४ खेलमा हार व्यहोरेको छ । सन्दीपले शुरुवाती ४ खेल खेलेका थिए । ४ खेलमा ७ विकेट लिएका उनी एसिया कप छनौट खेल्न मलेसिया आएका थिए ।

अब फेरी उनी क्यारेवियन जानेछन ।

तपाईको प्रतिक्रिया