साफ च्याम्पियन्समा भारतको विजयी शुरुवात, होला नेपालसँग भेट ?


Share This

नेपालबहस संवाददाता    

ढाका । भारतले साफ च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । साबिक बिजेता समेत रहेको भारतले पहिलो खेलमा श्रीलंकालाई २ शुन्य गोल अन्तरले पराजित गरेको हो ।

बंगलादेशको ढाकामा भएको खेलमा भारतलाई जिताउन आशिक कुरिनियान र लालियानजुवाला छांटेले गोल गरे । जितपछि तीन अंक जोडेको भारत सेमीफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल भने बिहीबार भुटानसँग खेल्दैछ । भुटान र त्यसपछिको खेलमा पनि जित निकाल्न सके नेपालको भेट सेमिफाइनलमा भारतसित हुनेछ ।

तपाईको प्रतिक्रिया